काठमाडौँ । वीरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसल) नखेल्ने भएका छन् । एनएसएलको अक्सन १० फागुनमा हुने छ । आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम)ले अक्सनमा वीरगन्ज र इलामलाई भने समेटेको छैन ।
पहिलो संस्करणमा ७ टोलीले सहभागिता जनाएका थिए । दोस्रो संस्करणमा भने विराटनगर सिटी एफसीले आफ्नो नाम फिर्ता लिएको थियो । यद्यपि, एनएसइएमले इलाम, वीरगन्ज र झापा एफसीलाई थप्दै ९ टोली पु¥याएको थियो ।
पहिलो संस्करणमा यी ३ टोली प्लेअफ पुग्न असफल भएका थिए । यसपल्ट साविक विजेता ललितपुर सिटी एफसीसँगै झापा एफसी, एफसी चितवन, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी चैतमा गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया