काठमाडौं । भ्रष्ट्राचार सूचकांकमा नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)-२०२४ मा नेपाल १०७औं स्थानमा रहेकाे हो ।
धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि १०८ औं स्थानमा थियो । अहिले १०७ मा परेकाे हो ।
सार्वजनिक कार्यक्रममा ट्रान्सपरेन्सी नेपालका महासचिव डा. सागरराज शर्माका अनुसार, नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासन व्यवस्थाको चुनौती नै रहेको बताए ।
प्रतिक्रिया