काठमाडाैँ । सौर्य दैनिकको सल्लाहकार सम्पादकमा राजन शर्मा नियुक्त भएका छन् । ३ दशकदेखि पत्रकारितामा अनवरत क्रियाशील शर्मा राजधानी दैनिकका पूर्वसम्पादक हुन् ।
पत्रकारितामा लामो अनुभव बटुलेका शर्माले स्पेसटाइम दैनिक, एबिसी टेलिभिजन, च्यानल नेपाल टेलिभिजन, काठमाडौँ टुडे पाक्षिक, देशान्तर साप्ताहिकलगायत सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरिसकेका छन् ।
सृजना इन्टरनेसन मिडिया प्रालिका अध्यक्ष तथा सौर्य दैनिकका प्रधानसम्पादक बोधराज त्रिपाठीले मंगलबार शर्मालाई कार्यालयमा स्वागत गर्र्दै उनको आबद्धताले पत्रिकाको थप स्तरोन्नति हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया