बढ्यो बैंकहरूको खराब कर्जा

काठमाडौँ । वाणिज्य बैंकहरूको खराब कर्जामा उच्चले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासमा औसत ३.२७ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्ष २०८१–८२ मा औसत ४.३३ प्रतिशत पुगेको छ ।

चार वटा बैंकको खराब कर्जा ५ प्रतिशत माथि छ । कुल १४ वटा बैंकको यस्तो खराब कर्जा चार प्रतिशतभन्दा माथि छ । सबैभन्दा उच्च खराब कर्जा हुनेमा कुमारी बैंक अग्रस्थानमा छ। बैंकको यस्तो खराब कर्जा ६.९६ प्रतिशत छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंकको खराब कर्जा पाँच प्रतिशतभन्दा माथि छ ।

बैंकखराब कर्जा % 
पुस ०८१पुस ०८०
सिद्धार्थ बैंक४.५२.५६
राष्ट्रिय वाणिज्य बैंक४.९६३.९५
एभरेष्ट बैंक०.६६०.७७
ग्लोबल आइएमई बैंक४. ८६४.६८
कुमारी बैंक६. ९६४.९७
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५.८६४.७५
प्रभु बैंक५.०६४.९
एनआइसी एसिया बैंक ४.६११.१९
लक्ष्मी सनराइज बैंक ५.६७४.६७
हिमालयन बैंक ४.९८४.९५
एनएमबी बैंक ३.९६२.८४
सानिमा बैंक३.२२१.७२
नेपाल एसबिआई बैंक३.५५२.२९
माछापुच्छ्रे बैंक४.५४२.६
सिटिजन्स बैंक४.८५४.०७
नेपाल बैंक४.९९४.५
कृषि विकास बैंक४.९३.०२
प्राइम कमर्सियल बैंक४.९६४.०७
स्टयाण्डर्ड चार्टर्ड बैंक१.७११.६
नबिल बैंक१.७१.२
औसत४.३३३.२७

प्रतिक्रिया