वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मान

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मानित गरेको छ । मंसिर २८ गते सम्पन्न निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित भएकाहरुलाई संघमा शुक्रबार कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको हो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल , वरिष्ठ उपाध्यक्ष हरि गौतम, अर्का उपाध्यक्ष माधव राजपालले नेपाल पत्रकार महासंघको सप्पन्न निर्वाचनमा विजय भएका पदाधिकारीलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालले अहिले देशको आर्थिक अवस्था थिचिएको बेला सरकारले हाम्रो सुझावलाई समेत समेटेर अघि बढ्नुपर्ने बताए ।

अहिले उद्योगहरु लोडसेडिङको मारमा पर्दै गएको र देश विद्युतमा आत्मनिर्भर भए पनि सरकारले उपयोग गर्न नसकेर लोडसेडिङको मार झेल्नुपरेको उनले बताए । त्यस्तै उनले आउने दिनमा पत्रकारको वृद्धि विकासका लागि पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको बताए । आफ्नो पनि दुःख बेतिथिलाई समाचारमार्फत सरकारसमक्ष राखदिन अपेक्षा आफुले लिएको उनले बताए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालले कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव (मधेसी) अशोक तिवारी तथा राष्ट्रिय पार्षद लालबाबु शेख पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश खनाललाई फूलमाला र अबिर लगाई सम्मान गरे । त्यसैगरी अन्य निर्वाचित पदाधिकारीहरुलाई संघका वरिष्ठ उपाध्यक्ष हरि पन्त तथा उपाध्यक्ष माधव राजपाल दुवै ले संयुक्तरुपमा सम्मान गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको सम्पन्न निर्वाचनमा निर्वाचित केन्द्रिय पार्षद लाल बाबू शेख, विजय कुशवाहा, राघव साह, मधेस प्रदेश सचिव दिपक गौतम, प्रदेश पार्षद शिव शंकर साह, पर्सा शाखा उपाध्यक्ष (महिला) निलिमा पौडेल , सहसचिव एस के चौरसिया, सहसचिव अजय चौरसिया, सदस्यहरु राहुल गुप्ता, प्रमोद तिवारीलगायत सदस्यलाई फूलमाला र अबिर लगाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो ।

प्रतिक्रिया