काठमाडाैँ । सशस्त्र प्रहरी बलले पर्साको वीरगंज महानगरपालिका–३ स्थित प्रगतिगरको एक किराना पसलबाट डेढ लाख भन्दा बढि क्याप्सुल लागूऔषध बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको नं. १३ गण पर्सा, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले सोही ठाउँ बस्ने राजाराम महतो कोइरीले सञ्चालन गरेको सृष्टी किराना जेनरल स्टोरमा विशेष सूचनाको आधारमा साे लागूऔषध बरामद गरेको हाे ।
शनिवार राती खानतलासी गर्ने क्रममा ५ वटा कार्टुनमा अबैध रुपले भण्डारण गरी राखिएको १ लाख ५१ हजार ८ सय ६० क्याप्सुल ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागूऔषध बरामद भएको सशस्त्र प्रहरीले जनाएकाे छ ।
स्टोर सञ्चालक कोइरीलाई समेत वीरगन्ज भन्सार कार्यालय अगाडीबाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका कोइरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
प्रतिक्रिया