रामेछापमा जिप दुर्घटना : वडाध्यक्षसहित ५ जनाको मृत्यु, ३ घाइते

रामेछाप । रामेछापमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना पुरुष, दुई महिला र एक बालक रहेका छन् ।

काठमाडौंबाट बेतालीतर्फ आउँदै गरको ना १ ज ७१२३ नम्बरको जिप आज दिउँसो गोकुलगंगा गाउँपालिका–६ फर्पुमा दुर्घटना हुँदा गोकुलगंगा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा जिप चालक सिन्धुलीका ३० वर्षीय हिराबहादुर कार्कीको पनि मृत्यु भएको छ । मृतक अन्य ३ जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते तीनै जनालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।– रासस

प्रतिक्रिया