धनगढीबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना : ३१ जना घाइते

दुर्घटनाग्रस्त बस कञ्चनपुर, ८ मङ्सिर : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित श्रीकृष्ण सामुदायिक वन नजिक शनिबार साँझ दुर्घटना भएको ना ४ ख ७७५५ नम्बरको दुर्घटनाग्रस्त बस । कैलालीको धनगढीबाट कञ्चनपुर आउँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन । घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

दोधारा चादनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५ नं को बस दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका छन् र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

घाइतेहरूको अत्तरिया र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया