दुम्सी मार्न खोज्दा बोहराको मृत्यु

Dumsiडडेल्धुरा, ३० फागुन । डडेल्धुरामा दुम्सी मार्ने क्रममा दुलो भित्र निसास्सिएर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गागखेत–७, चुकाका २५ बर्षीय किशोर बोहरा रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो दुम्सी मार्न भनी दुलो भित्र पसेका उनको निसास्सिएर मृत्यु भएको हो ।
बोहरा दुम्सी बसेको दुलोमा प्रवेश गरे पछि साथीहरुले बाहिरबाट आगो बालेका थिए । सोही आगोका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरी अनुमान छ ।

प्रतिक्रिया