जलेश्वर । प्रहरीले यहाँको रामगोपालपुर नगरपालिका–५ बाट १५० किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका–१ बस्ने १८ वर्षीय सुदीप अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
पक्राउ परेकाहरू क्रमशः बा प्र ०१–०२६ च १३३६ नम्बरको पिकअपको चालक र सहचालक हुन् । उनीहरूले सोमबार राति पिकअपमा त्रिपालभित्र लुकाएर १० पोका गाँजा सदरमुकाम जलेश्वरतिर लैजाँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी रामगोपालपुरको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई थप कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता जैसवारले बताए ।
प्रतिक्रिया