रौतहट । जिल्लाको माधव नारायण नगरपालिका–६ बाट प्रहरीले डिजे साउन्ड सहितको रथ नियन्त्रणमा लिएको छ । प्रहरीचौकी माधोपुरबाट खटी गएको टोलीले वडा–६ स्थित सडक खण्डमा आउँदै गरेको बिआर ३३ एफ ४८६१ नम्बरको भारतीय रथलाइ रोक्दा चालकले रथ छोडी भागेको र सोलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चेकजाँचको लागि प्रहरीको टोलीले भारतीय नम्बरको रथ रोक्दा चालकले छोडेर भागेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
नियन्त्रणमा लिएको रथ बोलेरो गाडीको स्वरूप परिवर्तन गरी बनाइएको र रथमा लगाइएको डिजे साउन्ड सिस्टम थान २, जेनेरेटर थान १, एम्लिफायर थान १, एलइडी स्टेप्लाइजर थान १, एलिडी थान १ भन्सार छली गरी नेपालमा बिक्री गर्ने उद्देश्यले ल्याएको बुझिएको प्रहरीको दाबी रहेको छ ।
पक्राउ गरिएको रथ तथा सोमा जडान गरिएको विद्युतीय उपकरण समेतलाइ ५ लाख ४७ हजार रुपैयाँ मूल्यांकन गरी कानुनी कार्यबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ ।
रौतहट
प्रतिक्रिया