काठमाडौँ । पूर्वमिस नेपाल उषा खड्गीले एक्सन फिल्म ‘नरसिंहा अवतार’मा अभिनय गर्ने भएकी छन् । अभिनेत्रीको रूपमा उनको यो डेब्यु फिल्म हुने निर्देशक दिवाकर भट्टराईले जनाए । केही दिनअघि खड्गी र निर्माताबीच कागजी सम्झौता भएको हो । उषाले सन् २००० मा मिस नेपालको उपाधि जितेकी थिइन् ।
त्यसयता उनी फेसन डिजाइन र बुटिक व्यवसायमा सक्रिय थिइन् । फिल्ममा यसअघि राजेश हमालसहित नीर शाह, अर्जुन श्रेष्ठ, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, समाइरा थापा, राजीवजंग बस्नेत, प्रकाश कुँवर, रमेशचन्द्र ठकुरी, अमित गिरी अनुबन्धित भइसकेका छन् । फिल्मको ७ असोजदेखि छायांकन सुरु हुनेछ ।
प्रतिक्रिया