जनकपुर उपमहानगरविरुद्ध उच्च अदालतमा एनप्याब्सन

धनुषा । निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सनले जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ । नगरभित्र दर्ताबिना सञ्चालनमा रहेका करिब १ दर्जन निजी विद्यालय बन्द हुनुपर्ने माग गर्दै एनप्याब्सन अदालत पुगेको हो ।

एनप्याब्सन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरले दर्ताबिना सञ्चालनमा रहेका विद्यालयहरू बन्द हुनुपर्ने आफूहरूको माग रहेकोमा उपमहानगर त्यसमा तयार नभएकाले बाध्य भएर अदालतको सहारा लिनुपरेको बताए । एनप्याब्सनले उपमहानगरविरुद्ध उच्च अदालत जनकपुरमा परमादेश मुद्दा दर्ता गराएकोे हो ।

प्रतिक्रिया