प्याजेन्ट नेपालको आयोजनामा तिज महोत्सव सम्पन्न

काठमाडौँ । प्याजेन्ट नेपालको आयोजनामा यो वर्षको तिज महोत्सव द मल्ल होटलमा भव्य रूपमा सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतिमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाबाट भएको थियो । सांस्कृतिक चाडपर्वहरूको अवसर पारेर नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै जाने उद्देश्य अनुरूप प्याजेन्ट नेपालले प्रत्येक वर्ष मनाउँदै आएको तिज फेस्टिबलमा डेढ दर्जन बढी महिला उद्यमी अपांगहरूद्वारा उत्पादिन खाद्यान्न, कपडा, घरेलु उत्पादनबाट उत्पादित वस्तुहरूको प्रदर्शनी स्टल राखिएको थियो । समारोहमा लायन्स क्लब अफ ड्रिम्सबाट रक्तदान कार्यक्रमको आयोजना गरिनुका साथै ओम समाज डेन्टल, ओम चाबहिल डेन्टल, नेपाल–भारत मैत्री अस्पताल तथा एएसजिआई केयरबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

देशविदेशमा विभिन्न अवार्ड समारोह, फेसन सो सांस्कृतिक कार्यक्रम, पर्यटन प्रवद्र्धनका लागि गरिने विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको प्याजेन्ट नेपालले सो कार्यक्रममा ‘मिस एन्ड मिसेस तिज’ को समेत आयोजना गरेको थियो ।

करिब ४० जनाभन्दा बढी प्रतियोगीहरूले भाग लिएको उक्त प्रतियोगितामा अविवाहित महिला तथा विवाहित महिलाहरूको सहभागिता रहेको थियो । विभिन्न उमेर समूहमा रहेको सहभागीहरू मध्येबाट विभिन्न शीर्षकमा उपाधि जितेका थिए । प्रतियोगिताका मुख्य निणार्यक कलाकार किरण केसी तथा अन्य निणार्यकहरू वरिष्ठ रेडियोलोजिस्ट डा.सुशीलजंग शाह, डर्माटोलोजिस्ट डा.अपर्णा शाह र इन्टरनेसनल रनवे मोडल दीपक घिमिरेलगायत थिए । यसैगरी गायिका सरस्वती खत्री ‘सुरसुधा’, हबिव्सका प्रमुख सेजल जलान र मुम्बईबाट आएकी चर्चित अन्तर्राष्ट्रिय मोडल ऐश्वर्य उपाध्याय तथा भारतीय वरिष्ठ सञ्चारकर्मी एवं इभेन्ट डाइरेक्टर सविता भारती राणाले विजेताहरूलाई उपाधिको प्रमाण पत्र तथा ताज पहिराइदिएका थिए । यो वर्षको प्याजेन्ट नेपाल तिज महोत्सवको डायमन्ड मिसेस तिजको उपाधि लीला केसीले हात पार्न सफल भएकी छन् । उनलाई जुरी टिमले उपाधि तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

विजेतालाई विभिन्न गिफ्ट ह्याम्परसमेत उपलव्ध गराइएको थियो । प्रतियोगिताको कोरियोग्राफी लविन अन्सारी र सुमी बानियाले गरेका थिए । भने कार्यक्रममा प्याजेन्ट नेपालकी सिइओ ममोथा बस्नेतको ‘सत्यम शिवम् सुन्दरम्’ बोलको नृत्यलाई दर्शक दीर्घाबाट निकै रुचाइएको थियो । कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, गायिका मन्जु थापा, गायक सपन श्रेष्ठ, गायिका सरस्वती खत्री सुरसुधा, गायिका पूजन काफ्ले, गायिका सुजाता केसी, नृत्यंगना रोमा न्यौपाने, नृत्यंगना वर्षा कार्की तथा होचा पुड्का कलाकारहरूले आआफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा गायक आनन्द कार्की, कलाकार राजाराम पौड्याल, कलाकार शिवहरि पौडेल, सञ्चारकर्मी श्रृजना वाग्ले, सञ्चारकर्मी, नारायणप्रसाद अधिकारी र गायक विनोद ढकाल लगायतको उपस्थिति रहेको थियो ।

फेस्टिबलमा विभिन्न मोडलहरूले मौलिक पहिरनमा ¥याम्प सो गरेका थिए । कार्यक्रमलाई चौधरी ग्रुप, नेपाल एयरलायन्स, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, एनमबी बैंक, बेलिजा, रेडबुल, ओम समाज डेन्टल, हबिव्स, न्यु लाइक लुक्स, सिरेन रिसोर्ट नगरकोट, सिरेन डालिमा रिसोर्ट कुरिनटार र नुगा बेस्ट लगायतले प्रायोजन गरेका थिए । ग्रिन ब्रिक्स, ओसिस ब्युटी स्पा, एसके इन्टरटेनमेन्ट, सर्वहितेषी डेरी, पिडियु, बालुवाटार अर्गानिक, डर्मापरफेक्ट क्लिनिक, एएसजी आई केयर, सकल बायोइन्जाइम नेपाल, पौडेल ढाका उद्योग तानसेन, प्रोजेक्टाइल तथा ग्रिनल्यान्ड इन्स्टिच्युटको पनि प्रायोजन थियो । कार्यक्रमबाट उठेको केही रकम स्नेही काखमा हस्तान्तरण गरिने योजना रहेको आयोजक समितिका अध्यक्ष राज लुइँटेलले जानकारी दिए ।

महोत्सवको आयोजक समितिमा प्याजेन्ट नेपालकी सिइओ ममोथा बस्नेत, वरिष्ठ समाजसेवी एवं महिला उद्यमी शोभा गुरुङ, मोटिभेसनल स्पिकर पूर्ण लामा संस्थाका कानुनी सल्लाहकार दुर्गाप्रसाद पाण्डे, दीक्षा पुडासैनी, मुकेश बस्नेत रहेका थिए ।

तिज पर्व मनोरन्जन मात्र नभई सामाजिक सेवा पनि हो भन्ने सन्देश प्रवाह गर्नका निमित्त यस किसिमको आयोजना गरिएको शोभा गुरुङले बताइन् । कार्यक्रमको सञ्चालन मिस नेपाल सुगारिका केसीले गरेकी थिइन् । कार्यक्रमलाई सेभ द नेसन टेलिभिजन र राष्ट्रखबरबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिक्रिया