काठमाडौं । नेपाली फिल्म ‘शाम्बाला’ को प्रिमियर सोको लागि भारतीय अभिनेता अनुराग कश्यप पनि काठमाडौँ आइपुगेका छन् । शनिबार दिउँसो उनी नयाँ दिल्ली हुँदै काठमाडौँ आइपुगेका हुन् । शनीबार भारतीय अर्का अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आएका छन् । उनी पनि ‘शाम्बाला’ कै प्रिमियर सोका लागि नेपाल आएका हुन् ।
शाम्बालाका निर्देशक मिन भामले त्रिभुवन विमानस्थलमा उनीहरूलाई स्वागत गरे । आइतबार साँझ छायाँ सेन्टरस्थित क्यूएफएक्स हलमा उक्त फिल्मको नेपाल प्रिमियर हुँदैछ । मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्म भदौ २८ देखि प्रदर्शनमा आउँदैछ । निर्देशक भाम र नवाजुद्दिनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो, जहाँ नवाजुद्दिनले ‘शाम्बाला’ हेर्ने इच्छा व्यक्त गरेका थिए ।
त्यस समयमा उनीहरूबीच सँगै काम गर्ने कुराकानी पनि भएको थियो । ‘यसपटक, नवाजुद्दिन र अनुराग कश्यप विशेष अतिथिको रूपमा प्रिमियरमा उपस्थित हुने फिल्मका एसोसियट निर्माता मिन्सो लिम्बूले बताए । ‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म हो ।
प्रतिक्रिया