मटिहानी नगरद्वारा छात्रालाई साइकल वितरण

जलेश्वर । मटिहानी नगरपालिकाले राम माध्यमिक विद्यालय मटिहानीको कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरेको छ । विद्यालयसम्म सहजरूपमा पुग्न र पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले मटिहानी नगरपालिकाले विगत ५ वर्षदेखि कक्षा ११ का छात्राहरूलाई साइकल वितरण गर्दै आएको छ ।

विद्यालयका छात्राहरूलाई श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्री शरतसिंह भण्डारी छात्राहरूलाई साइकल वितरण गरे । साइकल वितरण गर्दै मन्त्री भण्डारीले अबको आवश्यकता सामाजिक आर्थिक विकासको सँगसँगै रोजगारी सिर्जना गर्नु रहेको र यसका लागि छोरीहरू शिक्षित हुनु आवश्यक रहेको बताए ।

मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले गुणस्तरीय शिक्षाका लागि सबैको सहयोग आवश्यक रहेको बताए । विद्यालयमा मटिहानी, सिमरदही, बहुअर्वा, सुगा, पर्सा पतैली, सिरसिया, धिरापुर र धनुषाको तुल्सियाही, मुखियापट्टी, मुसहरनिया लगायतका छात्र–छात्रा अध्ययनरत छन् ।

प्रतिक्रिया