रौतहट । गौर नगरपालिका २ मा स्थापना भएको जिल्लाको पहिलो सरकारी क्याम्पस पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पसको उद्घाटन गरिएको छ । राजश्रीजनक विश्वविद्यालय मधेश प्रदेश सरकारबाट अनुमति प्राप्त पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पसको उदघाटन गरिएको हो ।
विश्वविधालयका उपकुलपति डाक्टर अमर यादव र गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह कानुले संयुक्त रुपमा सो क्याम्पसको उद्द्दाटन गरेका हुन् ।
उदघाटन समारोहमा बोल्दै उपकुलपति यादवले रौतहटको शिक्षाकोस्तर उकास्ने उद्देश्यले पण्ति मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पसको स्थापना गरिएको बताए ।
उनले रौतहटको जेहेन्दार, दलित, मुस्लिम, मधेशी समुदायका विद्यार्थीलाइ आरक्षण प्रदान गरिने व्यवस्था समेत रहेको जानकारी दिए । क्याम्पसको निजी भवन नरहेको कारण तत्काल जुद्ध उच्च माध्यमिक विद्यालयको छात्रवासको भवनमा सञ्चालन गरिएको बताए ।
कार्यक्रममा विश्वविधालयका राजिस्टार सत्यनारायण साहले क्याम्पसको स्थापनाले रौतहट जिल्लाको शिक्षामा थप उर्जा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बिबिए र कृषि सम्बन्धि अध्यन गर्न सकिने भएकोले अब विद्यार्थीहरुलाई बाहिर जाने समस्याको अन्त्य भएको बताए ।
क्याम्पस सञ्चालनको जिम्मा गौर नगरपालिकाले लिएको बताउदै क्याम्पसको लागी जग्गा व्यवस्थापनमा लागेको बताए । कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजिवीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
रौतहट
प्रतिक्रिया