इलाम । इलामको चुलाचुली गाउँपालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित लागुपदार्थ रोकथाम तथा नियन्त्रण अभियान सुरु गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक अभियान्ता एवं स्थानीयसँगको सहकार्यमा गाउँपालिकाले वडा नं. ३ बाट अभियान सुरु गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।
पालिकाले स्थानीय बासिन्दाको सहभागितामा लागुपदार्थ विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवाहरुलाई यस विरुद्ध लाग्न प्रेरित गर्ने काम गरिरहेको छ । प्रारम्भिक चरणमा सरोकारवालासँग अन्तरक्रिया, अनुभव आदानप्रदान र सुझाव संकलन गरी कुलतमा फसेका युवा र उनीहरुका अभिभावकसँग संयुक्त अन्तरक्रिया, विभिन्न टोल तथा विद्याललयमा लागुपदार्थ रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष केरुङले बताए ।
लागुपदार्थ दुव्र्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकरात्मक असरलाई मध्यनजर गर्दै यस विरुद्ध विशेष अभियान तीव्र पारिएको अध्यक्ष केरुङले बताए । ‘पहिलो चरणमा कुलतमा फसेका ६० जना युवा पहिचान गरी उनीहरुका अभिभावकसँग संयुक्त अन्तरक्रिया गरी दुव्र्यसनबाट अलग गराई समाजमा पुनःस्थापना गर्ने प्रयास गरिएको छ,’ अध्यक्ष केरुङले भने, ‘उहाँहरु समेत समाजमा पुनःस्थापित हुन तयार हुनुहुन्छ, पलिकामा उपस्थित गराएर कुलतबाट मुक्त भएको प्रतिवद्धतापत्रमा हस्ताक्षर गराई समाजमा पुनःस्थापित गराइनेछ ।’
उनीहरुलाई समाजमा पुनःस्थापित गराउन पालिकाले सहयोग गर्ने अध्यक्ष केरुङले बताए । सिर्जनशील काममा लाग्न, भविष्य बनाउन मेहनत गर्न पालिकाको तर्फबाट मागमा आधारित अनुदानको कार्यक्रम सञ्चालन गरिने उनले बताए । ‘उहाँहरुलाई समाजमा पुनःस्थापित हुन आवश्यक पर्ने सबै प्रकारको सहयोग उहाँहरुको मागको आधारमा गाउँपालकाले गर्नेछ’ अध्यक्ष केरुङले भने ।
दुव्र्यसनले प्रयोगकर्ताको जीवन मात्र समाप्त पार्ने नभइ परिवार र समाजलाई पनि ठूलो क्षति पु¥याउने भएकाले जिल्लामा पहिलो पटक चुलाचुली गाउँपालिकालाई लागु औषध दुव्र्यसनमुक्त बनाउने अभियान थालेको अध्यक्ष केरुङले बताए । वडा नं. ३ बाट सुरु गरिएको अभियानलाई सबै वडा (६ वटै) को टोलटोलमा पु¥याइने उनले बताए । अभियानका क्रममा सन्देशमूलक सामग्रीहरुको प्रदर्शनी, लागूपदार्थ र लागूऔषधले गर्ने हानि, नोक्सानी जस्ता विषयमा सचेतनामूलक कार्यक्रम गरिने उनले बताए ।
‘चुलाचुलीमा दुव्र्यसनीको संख्या कति छ, भन्ने यकिन तथ्यांक नभएपनि पछिल्लो समय लागु औषध प्रयोगको अवस्था बढ्दै गएको जनगुनासो आउन थालेकाले अभियान सञ्चालन गरिएको हो,’ अध्यक्ष केरुङले भने, ‘यो अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक छ, त्यसैले यो अभियानमा हातेमालो गर्न सबैसँग अपिल गर्दछु ।’
बेलैमा सबैले अग्रसरता लिइ यसलाई रोकथाम नगर्ने हो भने भयावह अवस्था आउने उनले बताए । लागु औषधको प्रयोगले मानिसको शारीरिक, मानसिक र पारिवारिक तथा सामाजिक रुपमा विभिन्न असर पर्ने गर्दछ ।
पछिल्लो समय युवाहरुमा लागूपदार्थ दुर्व्यसनको अवस्था बढिरहेको हरेक दिनजसो लागुपदार्थसहित युवाहरु पक्राउ पर्ने क्रमले पुष्टि गर्दछ । खुला सीमाका कारण भारतीय बजारबाट लागूपदार्थ भित्र्याउने, विभिन्न स्थानमा पु¥याएर बेच्ने, प्रयोग गर्ने जस्ता काम बढेको प्रहरीको तथ्यांक छ ।
नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा एक लाख ३० हजार चार सय २४ जना लागूऔषध प्रयोगकर्ता रहेको देखिन्छ । उनीहरु १५ देखि ५० वर्ष उमेरसमूहका छन् । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच सय ३४ जना प्रयोगकर्ता थिए । २०७६ को सर्वेक्षण प्रतिवेदन अनुसार लागूऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको छ ।
विश्व स्वास्थ्य संगठनको सन् २०२१ को प्रतिवेदन अनुसार विश्वमा झण्डै २९ करोड ६० लाख मानिस लागु औषधको दुरुपयोग गरिरहेका छन् । तीन करोड ९५ लाख मानिसले लागूऔषध सेवानबाट विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् ।
दुव्र्यसनमा लागेकाहरुलाई सुधार्न नेपालका विभिन्न स्थानमा दुई सय ४० वटा पुनःस्थापना केन्द्र सञ्चालित छन् । पुनःस्थापना केन्द्रमा बसेर धेरैजसो मानिसहरु समाजमा पुनःस्थापित समेत भएका छन् ।
इलाम
प्रतिक्रिया