पर्सा । पर्साको धोबिनी गाउँपालिका– २ भिखमपुर गाउँ नजिक दर्शनार्थी बोकेको ट्याक्टर नहरमा प्रदेश २–०३–००१ त ५३३९ नम्बरको ट्याक्टर खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । उक्त ट्याक्टरमा सवार आधा दर्जनभन्दा बढी दर्शनार्थीहरू समान्य घाइते भएको प्रहरीले जनाएको छ ।
पटेर्वासुगौली गाउँपालिकाको सोनवर्षा रामभौरी भाथा दुधेश्वरनाथ बाबाको दर्शन गरी मेला हेरी फर्किरहेको अवस्थामा जानकी टोलादेखि हरिहरपुर जाने नहर बाटोमा ट्याक्टर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
प्रत्क्षदर्शीहरुका अनुसार दर्शनार्थी बोकेको ट्याक्टर तेज गतिमा रहेको कारण नहर बाटोमा बालबालिका र बाख्रा बचाउन खोज्दा अनियन्त्रित भई नहरमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
उक्त घटनाको सुचना पाउने बित्तिकै घटनास्थलमा ईलाका प्रहरी कार्यालय जानकी टोला र ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक राजन ढकालको नेतृत्वमा रहेको टोली पुगेर नहरको पानीमा ट्याक्टरमा दबिएको अवस्थामा ट्याक्टरसहित चालकको शव जेसिबीबाट तानेर निकालिएको प्रहरीले जनाएको छ ।
मृतक ट्याक्टर चालक पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका– २ टिहुकी गाउँ निवासी ५० वर्षीय प्रेम मुखिया बिन रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
भाथा बाबाको मेला हेरी टिहुकी घरतर्फ फर्किरहेको ट्याक्टर दुर्घटनामा परेको हो । प्रहरीले मृतकको शव नहरको पानीबाट निकालेर एम्बुलेन्समा पोर्टमार्टमको लागि नारायणी अस्पताल पठाएको छ । सो ट्याक्टरमा २२ जना सवार रहेका थिए ।
पर्सा
प्रतिक्रिया