सर्लाही । साउन २५, नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले बिहिबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल विद्युत प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम गरिएको हो ।
प्राधिकरणका कर्मचारी एवं नेपाल विद्युत प्राधिकरण आधिकारीक ट्रेड युनियन कर्मचारी संघका ईकाइ अध्यक्ष दिपबन्धु चौलागाईंका अनुसार प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवशरमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ३ जना ग्राहकसहित २३ जनाले रगत दान गरे ।
नेपाल रेडक्रस सोसाईटि रक्तसंचार सेवा केन्द्र मलंगवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । छोटो समयको तयारीमा पनि राम्रो कार्यक्रमको आयोजना गर्न सफल भइएको लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन कुमार यादवले बताए ।
नेपाल विद्युत प्राधिकरण ३९औँ वार्षिकोत्सव प्रबन्ध मुल समारोह समितिको चौथो बैठकबाट आज २५ गते रक्तदान कार्यक्रम गर्ने भन्ने निर्णय भए अनुरुप कार्यक्रम गरिएको लालबन्दी वितरण केन्द्रका प्रमुख यादवले जानकारी दिए ।
आफूहरुले अरुका लागि समेत प्रेरणा होस भन्ने हेतुले एक दिन अगाडि नै रक्तदान कार्यक्रम गरिएको नेपाल विद्युत प्राधिकरण आधिकारीक ट्रेड युनियन कर्मचारी संघका ईकाइ अध्यक्ष चौलागाईंले बताए । रक्तदाताहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । नेपाल विद्युत प्राधिकरणले भदौ १ गते आफ्नो वार्षिक उत्सव मनाउने गर्दछ ।
सर्लाही
प्रतिक्रिया