रौतहटबाट नकली प्रहरी पक्राउ

रौतहट । नेपाल प्रहरीको सादा पोशाकको प्रहरी हुँ भन्दै रकम असुल्ने एक जनालाइ रौतहट प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको सादा पोशाकमा खटिएको प्रहरी भन्दै रकम असुल्ने तथा तलासी गर्ने कार्य गर्दै आएको प्राप्त सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटीएको टोलीले चन्द्रपुर नगरपालिका वडा नम्बर ९ डुमरिया चोकबाट सो नक्कली प्रहरीलाइ पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर १ का २४ वर्षीय रमेश साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायव उपरिक्षक एलिजा गिरिले जानकारी दिइन् ।

साहले बोकेको झोलाबाट सशास्त्र प्रहरीको तयारी अवस्थाको पोशाक समेत बरामद भएको छ । पक्राउ परेको साह माथि अभद्र व्यव्हार सम्बन्धि मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ

प्रतिक्रिया