काठमाडौँ । रियलमी ‘मिस्टर नेपाल २०२४’का ३८ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । देशभर आयोजित अडिसनमा हजारौँ सहभागीबाट ३८ प्रतियोगी छानिएका हुन् । छानिएका प्रतियोगीमा विशेष खड्गी, पियुष श्रेष्ठ नवराज प्रसाई, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम पाठ, सक्कर बाजीमाया (काठमाडौँ), अग्रज श्रेष्ठ (सुनसरी) र सत्यनारायण चौधरी (नेपालगञ्ज) छन् । यसैगरी, राहुल रावल (कैलाली), मणि निरौला (झापा), आयुष बमजोम, उमंग आचार्य (हेटौँडा), योगेश श्रेष्ठ (भक्तपुर), एमडी अदनान हलवाई, विश्व बराइली (नेपालगञ्ज), दिपेश चौधरी (धनगढी), पिन्टु सान्याल ( विराटनगर) र अशोक विक (पोखरा) पनि प्रतियोगितामा सहभागी छन् ।
सहभागी अन्यमा मनोज गुरुङ (लमजुङ), संयन्तराज घिमिरे (ललितपुर), सागर घिमिरे ( विराटनगर), सञ्जय मण्डल (जनकपुर), सरोज तामाङ मोक्तान (रसुवा), सुशान्त कुमार दास (राजविराज सप्तरी), प्रकाश चौहान (पथरी मोरङ) सिजल कपाली (ललितपुर), सन्तोष लोकसुम (झापा) र आदेश प्रधान (धरान) र सोहज खान ( विराटनगर) छन् ।
सुशान्त पौडेल (पोखरा), राजेश झा (जनकपुर), विपन श्रेष्ठ (चितवन), स्वस्तिक देवकोटा (दाङ), समीर तिमिल्सिना (पोखरा), आविस्कार खड्का ( बुटवल) सुभम बर्नवाल र अनिकेत प्रजापति (नेपालगञ्ज) पनि कन्टेस्टमा सहभागि छन् ।
प्रशिक्षका क्रममा प्रतियोगीले स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषयको प्रशिक्षणबाट आफूलाई निखार्ने आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न प्रतियोगिता आयोजना हुँदै आएको धमलाको धारणा रहेको छ ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२४’ वा ‘मिस्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलवा नगद र पुरस्कारमा विभिन्न गिफ्टसमेत जित्न सक्ने नेक्स्ट मोडल्स नेपालकी प्रबन्धनिर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो ।
प्रतिक्रिया