रौतहट । जिल्लाको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक किशोरको शव ४ दिनपछि फेला परेको छ ।
जिल्लाको परोहा नगरपालिका–४ का सर्वजित राय यादवको अन्दाजी १६ वर्षीय छोरा सचिन कुमार यादव साउन १९ गते लाल बकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
किशोर यादवको शव साउन २२ गते साँझ घटनास्थलबाट ४ किलोमिटर दक्षिण राजपुर नगरपालिकास्थित वैरिया पुल छेउमा फेला फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले जनाएको छ ।
किशोर बेपत्ता भएका दिनदेखि नै सशस्त्र प्रहरीको विपत उद्धार टोलीले निरन्तर रूपमा खोजी कार्य गर्दै आएका थिए । खोजीकै क्रममा मंगलबार साँझ साढे ६ बजेको समयमा यादवको शव फेला परेको सफल सशस्त्र प्रहरीका एसपी विक्रम हुमागार्इंले जानकारी दिए ।
प्रतिक्रिया