सिरहा र सप्तरीमा शव फेला

जनकपुरधाम । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरनजिक धानखेतमा १ जनाको शव फेला परेको छ । मृत फेला पर्नेमा सिरहाको लहान नगरपालिकाका–४५ वर्षीय पवनकुमार कर्ण छन् । मंगलबार बिहान उनको शव सप्तरीको राजविराज–कुनौली सडक छेउमा धान खेतमा जमेको पानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ।
कर्ण घटनास्थलनजिकै रहेको निरज इँटाभट्टामा मुन्सीको रूपमा काम गर्दै आएका थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । त्यसैगरि सिरहाको गोलबजारमा १ युवकको शव मंगलबार फेला परेको छ ।

गोलबजार नगरपालिका–१ वहिरीबाँध नजिकैको ग्राभेल उत्खनन् गरेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको हो । मृतक पहिचान खुल्न सकेको छैन । प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाएर पोस्ट मार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ । घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आशंकामा १ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रतिक्रिया