रौतहट । जिल्ला अदालतमा आर्थिक वर्ष २०८०/०८१ मा करिब ५ हजार मुद्दा फैसला भएको छ । पछिलो आर्थिक वर्षको जिम्मेवारी सरी आएको र नया दर्ता भएको विभिन्न किसिमका मुद्दा मध्ये ४ हजार ९४४ थान मुद्दा गएको आर्थिक वर्षमा फैसला भएको हो ।
आर्थिक वर्ष २०७९÷०८० मा फैसला हुन बाँकी रहेको ३ हजार ८४४ तथा आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएको ४ हजार ५२५ गरी जम्मा ८ हजार ३६९ मुद्दामा ४ हजार ९४४ मुद्दा ५९ दशमलव शून्य ५ प्रतिशत फैसला भएको रौतहट जिल्ला अदालत गौरका श्रेस्तेदार उपसचिव उद्धव ढोडारीले जानकारी दिएका छन् । फैसला हुन बाँकी रहेको ३ हजार ४२५ थान मुद्दा चालु आर्थिक वर्षमा जिम्मेवारी सरी आएको छ । उपसचिव ढोडारीका अनुसार गएको आर्थिक वर्षमा अनुमान गरेभन्दा ४१५ थान बढी दर्ता भएको छ ।
‘हामीले ३ वर्षको तथ्यांकलाइ अध्ययन गरेर ४ हजार ११० थान मुद्दा दर्ता हुने अनुमान गरेकोमा ४ हजार ५२५ थान मुद्दा दर्ता भयो’, उनले भने, ‘अनुमानभन्दा ४१५ थान मुद्दा बढी दर्ता भएको हो ।’ आर्थिक वर्ष २०७८÷०७९ मा ३ हजार ९४१, आर्थिक वर्ष २०७९÷०८० मा ३ हजार ९८८ नयाँ दर्ता भएको थियो भने आर्थिक वर्ष २०८०÷०८१ मा ४ हजार ५२५ थान मुद्दा दर्ता भएको उनले बताए ।
३ वर्षको तथ्यांकको समीक्षा गर्दा रौतहट जिल्ला अदालतमा मुद्दाको संख्या बढेको छ । जग्गासम्बन्धी मुद्दा बढी दायर भएको उपसचिव ढोडारीले बताए । रौतहट जिल्ला अदालतमा आर्थिक वर्ष २०७८÷०७९ मा ७ हजार ७७, आर्थिक वर्ष ०७९/२०८० मा ८ हजार ४२ तथा आर्थिक वर्ष २०८०/०८१ मा ८ हजार ३६९ मुद्दा चल्तीमा रहेको थियो ।
जिल्ला अदालतमा सम्बन्ध विच्छेदको २०७ वटा मुद्दा दर्ता भएकोमा १२५ वटा फैसला भई ८२ वटा चालु अवस्थामा रहेको छ भने नाता कायमतर्फ १८ वटा दर्ता भएकोमा १४ वटा फैसला भई ४ वटा चालु रहेको छ । विवाह दर्तासम्बन्धी ४१ वटा दर्ता भएकोमा ३७ वटा सम्पादन भई ४ वटा बदर भएको अभिलेख रहेको छ ।
अदालत र सञ्चारकर्मी बीचको रोकिएको अन्तत्र्रिmया कार्यक्रम चालु आर्थिक वर्षदेखि नियमित गर्ने योजना बनाएको उनले बताए । सेवाग्राहीको छिटो छरितो काम गर्न कर्मचारीलाई निर्देशन दिइएको भन्दै उपसचिव ढोडारीले कर्मचारीको कार्यबाट कुनै किसिमको असन्तुष्टि भए जानकारी गराउनसमेत आग्रह गरेका छन् ।
रौतहट
प्रतिक्रिया