राजविराज । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५वडा कार्यालयमा बिहीबार तालाबन्दी गरिएको छ । कार्यबाहक वडा अध्यक्ष हरि खंगले विवादित जग्गाको सिफारिस गरेको आरोप लगाउँदै स्थानीयले वडा कार्यालयमा ताला लगाएको हो ।
तालाबन्दीका कारण वडा कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएका छन् । वडा–५ छपकी निवासी अन्दाजी ७५ वर्षीय जलिल मियाँको जीविकामा दुई दाजुभाइको हक लाग्ने जग्गामा १ जनाले जग्गा पास गर्न खोज्दा उनको कान्छो छोरा मो.अजमका श्रीमती जैफुल खातुनले वडा कार्यलायमा विवादित जग्गाको सिफारिस नगरी दिनु भनी निवेदन दिए पनि जग्गाको सिफारिस वडा कार्यालयबाट दिएपछि जग्गा पास भएका थिए ।
जलिलको छोरी हसिना कुमारीको नाममा रहेको जग्गा वडा कार्यालयले जग्गाको सिफारिस दिएपछि जेठो छोरो रहमतुल्लाहको श्रीमती जलिलको जेठी बुहारी जलोखा खातुनको नाममा १३ कट्ठा जग्गा पास भएपछि विवाद उत्पन्न भएको थियो ।
वडा कार्यालयमा गाउँपालिका स्तरीय युवा संजालका अध्यक्ष महेश प्रसाद यादव, पूर्व वडा अध्यक्ष श्रीप्रसाद यादव, पूर्व वडा सदस्य हसमत, मो इद्रिस सहितको सयौंको संख्यामा उपस्थित स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
उक्त जग्गाको सिफारिसमा वडा अध्यक्ष खंगको हस्ताक्षर रहेको निवेदक जैफुलले बताइन् । वडा अध्यक्ष खंगले आफूले उक्त जग्गाको सिफारिस नगरेको दाबी गरे । उनले सिफारिसमा आफ्नो हस्ताक्षर नरहेको पनि बताए । वडा कार्यालयबाट १४ गते सिफारिस गरेको भनिए पनि पत्रमा ९ गते चलानी रहेको निवेदकको आरोप छ ।
प्रतिक्रिया