रौतहट । गौर नगरपालिका ४ स्थित बसपार्कबाट प्रहरीले लागु औषध सहित एक जनालाइ पक्राउ गरेको छ । अस्थाई प्रहरी पोस्ट बसपार्कको टोलीले मंगलवार राती पौने १० बजेको समयमा बसपार्कमा रहेको चिया पसल अगाडी शंकास्पद अवस्थामा हिडडुल गरिरहेको व्यक्तिलाइ चेकजाच गर्दा प्रतिबन्धित औषधि बारामद भएकोले नियन्त्रणमा लिइएको हो ।
लागुऔषधसहित पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ३ इमाडोल बस्ने २९ वर्षीय समिर भुसाल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
भुसालले बोकेको झोला भित्र चेकजाँच गर्दा DIAZEPAM Injection I.P.-2Ml-९६ पिस,Norphin Injection I.P.-2Ml ९६ पिस, Promethazine Hydrochhoride Injection I.P.-2Ml (Phenergan) -९६, नेपाली नगद रु,१ हजार ७ सय ७० रुपैयाँ भारतीय नगद रु १०, Redmi कम्पनीको मोबाईल थान-१ र सोही मोबाईलमा प्रयोग भएको सिमकार्ड थान-१ समेत फेला परेको प्रहरी नायव उपरिक्षक एलिजा गिरीले जानकारी दिइन् ।
प्रतिबन्धित लागू औषध २८८ एम्पुल सहित दशीका सामानहरु रितपुर्वक बरामद गरी निज समिर भुसाललाई पक्राउ गरी लागू औषध मुद्दामा सम्मानित रौतहट जिल्ला अदालत, रौतहटबाट म्याद अनुमति भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
रौतहट
प्रतिक्रिया