नेपाल राष्ट्रवाद संघले मनायो पूर्व नवयुवराज हृदयेन्द्रको जन्मदिन

वीरगन्ज । नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगन्जले पूर्व नवयुवराज हृदयेन्द्र वीरविक्रम शाहको २२औँ जन्मदिन मनाएको छ । शाहको २२औँ जन्मदिनको अवसरमा वीरगन्जस्थित घण्टाघर चोकबाट संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा बाजासहित निस्केको र्यालीमा ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘संघीयता खारेज गर’, ‘हिन्दू राष्ट्र कायम गर’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया