पाँचथर । जिल्लाको फिदिम नगरपालिका ४ माझीटार सडकखण्डमा राष्ट्रिय युवा संघ नेपाल पाँचथर कमिटीले वृक्षारोपण गरेको छ । राष्ट्रिय युवा संघ नेपाल पाँचथरले ३ सय भन्दा बढी विरुवा रोपेको हो ।
माझीटार, सालघारी सडक खण्डमा एक युवा पाँच बिरुवा भन्ने नाराका साथ उक्त वृक्षारोपण गरेको युवा संघ नेपाल जिल्ला कमिटि अध्यक्ष मदन लावतीले जानकारी दिए ।
सो क्षेत्रमा रातो सिरिस, कल्पित, जामुन, अमला, सजिवनलगायत तीन सय बढी विभन्न प्रजातिका विरुवा रोपण गरिएको अध्यक्ष लावती बताए।
सो कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटा, उपाध्यक्ष बिरबहादुर कुरुङवाङ, सचिव पृथ्वी लावती, जिल्ला सदस्य राजु थाम्सुहाङ अन्य सदस्यहरू , फिदिम नगर कमिटी अध्यक्ष दिपेन्द्र तुम्वापो, युवा संघ प्रदेश कमिटी सदस्य लगायत युवा संघ जिल्ला पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया