कन्चनरूप । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री भएको खुसियालीमा दीप प्रज्वलन गरेको छ । नेकपा एमाले कन्चनरूप नगरकमिटीद्वारा सप्तरीको कन्चनरूप–१२ स्थित रूपनगर चोकमा दीप प्रज्वलन गरी खुसीयाली मनाइएको हो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले कन्चनरूप नगर कमिटीका अध्यक्ष बच्चुलाल चौधरीले हाम्रो पार्टीको अध्यक्ष प्रधानमन्त्री भएकोमा दीप प्रज्वलन गारी खुसीयाली मनाएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको टिमलाई देश र जनताको हितमा काम गर्ने शक्ति मिलोस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।
नगर कमिटी अध्यक्ष चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला कमिटी, प्रदेश कमिटी, नगर कमिटीका नेताहरू, वडा अध्यक्षहरू, महिला, युवा, विद्यार्थी, बुद्धिजीवी, समाजसेवी, पार्टीका कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया