लक्ष्मी र देवराज प्रिक्वार्टरमा

काठमाडौं : आयोजक सिर्जनशीलका लक्ष्मीकुमार महर्जन र देवराज लिम्बू ‘तेस्रो ललितपुर जिल्लाव्यापी खुल्ला ब्याडमिन्टन च्याम्पियनसिप–२०६९’को आइतबार पुरुष एकलको प्रिक्वार्टरमा प्रवेश गरेका छन् । लक्ष्मीले लगनखेलका प्रनेश चित्रकारलाई र देवराजले सुवाहालका मंगल महर्जनलाई पराजित गरे । पुरुष एकलकै खेलमा योङ्गस्टारका सनिल शाक्यले सैबुका सनिल केसीलाई र सुमित महर्जनले धापाखेलका विशाल थापालाई हराए । हरिसिद्धीका रदीप महर्जनले गोदावरीका ईश्वर सिलवाललाई र सिर्जनशीलका महेशले लगनखेलका विभोर लामालाई पराजित गरे । ( सौस)

प्रतिक्रिया