फतुवा विजयपुर र कटहरियाको करिब ५० करोड फ्रिज हुँदै

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{},”is_sticker”:false,”edited_since_last_sticker_save”:false,”containsFTESticker”:false}

मधेस ब्युरो । रौतहटको कटहरिया नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको गरी करिब ५० करोड रुपैयाँ फ्रिज हुने देखिएको छ । दुवै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका सुरेन्द्रमान प्रधानको लापरवाहीका कारण ५० करोडभन्दा बढी फ्रिज हुन लागेको हो ।

कार्यालयमा जाँदै नजाने र गए पनि पाहुनाजस्तो केही बेर बसेपछि फाइँफुर्ति लगाउँदै चन्द्रनिगाहपुरस्थित डेरामा फर्किन हतार गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रधान सेवाग्राहीलाई डेरामा बोलाउँदै आएका छन् । नगरप्रमुख र वडाध्यक्षहरूबीच फुट डालेर आफू शासन गर्ने प्रवृत्तिका हाकिम सुरेन्द्रमान प्रधानकै कारण २ नगरपालिकामा विकास निर्माणको काम ठप्प परेको छ ।
फतुवा विजयपुर नगरपालिकाको बजेट अधिवेशन अझै हुन सकेको छैन भने कटहरिया नगरपालिकाको बजेट अधिवेशन अधुरो रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रधान कार्यालयमा नआउने भए पनि अन्य कर्मचारीहरू पनि कार्यालयमा बस्न छाडेका छन् । फतुवा विजयपुरमा कुनै पनि विकास निर्माणको काम अगाडि बढ्न सकेको छैन । असार मसान्त आउन लाग्दा पनि फतुवा विजयपुरका शिक्षक, कर्मचारीले तलब नपाउने सम्भावना बढेर गएको छ ।
फतुवा विजयपुर नगरपालिकाको ३० देखि ३५ करोड रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको स्रोतको दाबी छ । कर्मचारीको तलब भत्ताका साथै अन्य केही रकम गरी करिब १० करोड रुपैयाँ अर्को वर्षमा खर्च हुने गरी रोकिन सक्ने तर ३० देखि ३५ करोड रुपैयाँ फ्रिज हुने अवस्था रहेको आन्तरिक स्रोतको दाबी छ ।

कुनै काम नै नगरी बिल र भरपाईको आधारमा चन्द्रनिगाहपुरस्थित डेरामा बसेर चेक काटेको भन्दै केही वडाध्यक्षहरूले प्रधानको विरोध गर्दै आएका थिए । यसै बीचमा उच्च अदालतले तलब र अन्य चालु खर्चबाहेक चेक काट्नमा रोक लगाइदिएपछि कर्मचारीहरू पनि काम गर्न डराएको अवस्था छ । कर्मचारीहरूले आर्थिक कारोबार गर्न डराउने अवस्था आएपछि फतुवा विजयपुर नगरपालिकामा करिब ३५ करोड रुपैयाँ फ्रिज हुन थालेको हो ।

यसैगरी कटहरिया नगरपालिकाका नगरप्रमुख र उपप्रमुखसहित ११ जना निलम्बनमा परेपछि कर्मचारीहरूले काम गर्न छाडेका छन् । आर्थिक वर्षको समापनको मुखमा आउँदा नगरप्रमुखसहित निलम्बनमा परेपछि कार्यालयको नियमित कामबाहेक कुनै आर्थिक काम हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा आउन नचाहने हुनाले अन्य कर्मचारीले अन्यौलका बीच केही गर्न नचाहेको देखिएको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया