पर्वत । शनिबार बिहानैदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पर्वतमा दुई जनाको मृत्यु भएको छ ।
निरन्तर भइरहेको वर्षाले दिउँसो २ः३० बजे फलेवास नगरपालिका– १ कार्कीनेटा टिमुरबोट पन्थेस्थित पहिरोले घरगोठ बगाउँदा दुई जनाको मृत्यु भएको हो ।
फलेवास नगरपालिका– १ निवासी झलक पौडेलको शव आँधीखोला गाउँपालिका– ४ सेपथस्थित भेटिएको छ भने अर्का आँधीखोला गाउँपालिका– ३ घोरढुंगा निवासी तुल्सीराम पौडेलको शव पहिरोको पुछारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यसैगरी उक्त पहिरोले दुईवटा भैंसी, एउटा गोरु र चारवटा बाख्रा समेत बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया