पर्वत । पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटा पन्चेमा पहिरोले घरगोठ बगाउँदा दुई जना बेपत्ता भएका छ्न् ।
शनिबार दिउँसो १२ बजेको समयमा अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोले बगाउँदा स्थानीय दुई युवा बेपत्ता भएको वडाध्यक्ष तोलकान्त पाध्याले जानकारी दिए ।
निरन्तर वर्षा भइराखेकाले खोजी कार्यमा असहज भएको पाध्याको भनाइ छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।
प्रतिक्रिया