रिब्सलाई उपाधि

ribsकाठमाडौ : अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिताको उपाधि रिब्सले जितेको छ ।
फाइनलमा दीपेन्द्र प्रहरीलाई ४–१ ले हराउँदै रिब्सले उपाधि जितेको हो । रिब्सलाई उपाधि जिताउने क्रममा फाइनलमा अंकित पन्तले ह्याट्रिक गरे भने आर्जन सिंहले अर्को एक गोल गरे । पुलिसबाट आश्मा राणाले गोल गरे ।
फाइनलमा सान्त्वना गोल गर्ने राणा नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगिताअन्तर्गत शुक्रबार नै भएको खेलमा दीपज्योतिले रोजवर्डलाई ३–० ले हरायो । काठमाडौंको भृकुटीमण्डपमा सात दिनसम्म चलेको प्रतियोगितामा १२ टिम सहभागी थिए । जुनियर फुटबल एकेडेमी नयाँ बानेश्वरले आयोजना गरेको प्रतियोगिताका विजेता खेलाडीलाई काव्य स्कुलका नवराज बाँस्कोटा, पूर्व राष्ट्रिय खेलाडी हरि खड्का, प्रज्ज्वल क्षत्रीलगायतले पुरस्कार वितरण गरे । (सौस)

प्रतिक्रिया