पश्चिमाञ्चलमा मास्टर्स मिट

काठमाडौं : नेपाल सितेरियो कराते संघको आयोजनामा दोश्रो ब्ल्याकवेल्ट मास्टर्स मिट एवं प्राविधिक सेमिनार फागुन २२ गतेदेखि सात दिनसम्म बुटवलमा हुँदै छ । मास्टर्स मिटमा पश्चिमाञ्चलका २ सय सिनियर खेलाडी तथा प्राविधिक गरी सेमिनारमा ८० प्रशिक्षकको सहभागिता रहने सितोरियो संघ एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले जनाएका छन् । यसअघि उक्त कार्यक्रम मध्यमाञ्चलको काठमाडौं तथा पूर्वाञ्चलको धरानमा सम्पन्न भइसकेको संघका प्रवक्ता ईश्वर थापा (गजेन्द्र) ले जानकारी गराए । मध्यमाञ्चलमा २ सय २६ तथा पूर्वाञ्चलमा १ सय ५२ जना दीक्षित भइसकेको थापाले बताए । (सौस)

प्रतिक्रिया