बझाङको नारायण मावि पिमीमा सचेतनामुलक कार्यक्रम

बझाङ । बझाङमा लागुऔषध दुव्र्यसन, साइबर अपराध र बालविवाहबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशिल युवा समाज वल्डभिजन इन्टरनेशनल नेपालको आयोजना जिल्ला प्रहरी कार्यालय बझाङको सहकार्यमा लागु औषध सेवन साइबर अपराध, बालविवाह समन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

बिहिबार एक कार्यक्रमकाबीच जिल्लाको जयपृथ्वी नगरपालिका १ मा रहेको कैलास नारायण माध्यमिक विद्यालय कैलास पिमीमा कक्षा ६, ७, ८, ९ र १० मा अध्यनरत १०० भन्दा बढी विद्यार्थिहरुको सहभागितामा वडा कार्यालयको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक आनसिङ धामीले लागु औषध, साईवर अपराध, बारे किशोरावस्थामा जानी नजानी फस्ने भएकोले त्यसबाट बच्न आफूले अपनाउनु पर्ने उपाएबारे जानकारी दिएका थिए ।

त्यस्तै, लागु औषध भित्र पर्ने गाँजा, हिरोइन, कोकिन आदीले स्वास्थ्यमा पर्ने असरको वारेमा प्रशिक्षण दिएका थिए । साथै उनले साइबर अपराध र लागु औषधसम्बन्धी कसुरमा हुने सजायको बारेमा पनि बताएका थिए

त्यसैगरि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौँलागाई, जिल्ला समन्वय समिति प्रमुख बर्जुराम घतानी लगायत प्रशिक्षकले पनि प्रशिक्षण दिएका थिए ।

कार्यक्रमा बोल्दै जयपृथ्वी नगरपालिका १ का वडाध्यक्ष डम्वरबहादुर सिंहले कार्यक्रममा सहभागीहरुले लागुऔषध सेवन गर्न नहुने, साइबर अपराधमा संलग्न नहुने र सानै उमेरमा विवाह गर्न नहुने बारेमा जानकारी लिएकोले कोही अरुलाई जानकारी दिन आग्रह गरे ।

साथै उनले प्रगतीशिल युवा समाज र वल्डभिजनले बझाङ जिल्लामा लामो समयदेखी विभिन्न क्षेत्रमा समुदायसँग मिलेर काम गर्दै आएको अघिल्लो वर्ष पनि अभिभावकहरु सँग वालविवाह न्युनिकरणका समन्धी कार्यक्रम गरेको स्मरण गरे ।

कार्यक्रमा बोल्दै प्रगतिशिल युवा समाजकी कार्य समिति सदस्य कल्पना शाहीले युवा युवतीहरु सानै उमेरमा विहे गर्नबाट रोक्न तथा जानी नजानी लागुऔषध सेवनमा संलग्न नहोउन भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताइन ।

प्रगतिशिल युवा समाजले जिल्ला प्रहरी कार्यालयको सहकार्यमा जयपृथ्वी नगरपालिका र केदारस्यु गाँउपालिकामा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया