जनकपुर । मिथिला बिहारी नगरपालिकामा चार दिने नमुना युवा संसद कार्यक्रम अन्र्तगत नमुना युवा नगरसभाको प्रथम अधिवेशनको सोमवार समापन भएको छ ।
राष्ट्रिय युवा परिषदको सहयोगमा मिथिला बिहारी नगरपालिका शिक्षा शाखाद्वारा सञ्चालित नमुना युवा संसद कार्यक्रममा स्थानीय सरकारले कसरी सदन चलाउने भन्ने बारे सिकेका सहभागीले नमुना अभ्यासद्वारा नै समापन कार्यक्रममा प्रयोग गरेर देखाएका थिए ।
सो नमुना संदनमा एक जना नगरप्रमुख, नगरउपप्रमुख र सचिवको अभिनय गरी नगरपालिकाको नीति तथा कार्यक्रम, बजेट भाषण र नमुना युवा संसदको बिनियम पारित गरेका थिए ।
नीति तथा कार्यक्रममा मिथिला बिहारी मन्दिरको बिकास गरी पर्यटन स्थल, कृषि क्षेत्र, बाटो, सडक, नदी नाला लगायतका विकासका कार्यहरु समावेश गरेका थिए ।
मिथिला बिहारी नगरपालिका शिक्षा शाखाका प्रमुख रिमा झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राजेन्द्र प्रसाद यादबले सहभागीको नमुना संसदको अभ्यास देखेर भने, ‘म नभए नगर चल्दैन, म नभए देशै चल्दैन’ भन्ने नाकारात्मक सोचाईलाई नमुना संसद अभ्यासमा देखाएका युवाहरुले अगामी दिनमा नगर मात्र होइन, देशै चलाउन सक्छन् भन्ने देखाएको बताए ।
उनले नमुना नगर जस्तो नगरपालिकाको नगरसभामा भिन्नता रहेको बताए । हाम्रो नगरको बजेट बाडफाँट गर्दा मेरो वडामा यति अर्को वडा बढी, मेरो घर अगाडी सडक बनेन्, यावत समस्याहरु रहेको छ । नगरपालिकामा बजेटको अभावका कारण पनि धेरै काम गर्न सक्ने अवस्था नरहेको पनि बताए ।
कार्यक्रममा पालिकाका प्रमुख प्रसाशकिय अधिकृत नागेन्द्र प्रसाद यादबले अहिलेको युवाहरुले दिगो बिकास हेर्नको लागि कुलतमा नलाग्न युवाहरुलाई आग्रह गरे । लहैलहैमा लागेर लागुऔषध सेवन गरी आफ्नो जिवन नै अन्धकारमा पार्नु भन्दा कुलतलाई धार्मिक कार्यमा परिवर्तन हुन सके मनमा पनि शान्ति मिल्ने उनले बताए ।
समापन कार्यक्रममा नगरपालिकाका उपप्रमुख सोभा देबी साह बिभिन्न वडाका वडाध्यक्षको सहभागिता रहेको थियो ।
प्रतिक्रिया