जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिसोधपूर्ण रहेको बताएका छन् ।
सिरोहियाको गिरफ्तारीबारे बुझ्न र उनीसँग भेट गर्न जनकपुरधाम आएका निधिले जनकपुरधाम विमानस्थल र जिल्ला प्रहरी कार्यालय धनुषामा बोल्दै प्रतिसोध साध्न गरिएको गिरफ्तारी उचित नभएको बताएका छन् ।
आफू उनको घर अगाडिकै छिमेकी समेत रहेको भन्दै सिरोहियाका तीन पुस्ता बारे जानकारी गराउदै निधिले जनकपुरधामको आधुनिक विकासमा उनका परिवारले समाजिक अगुवासंगै निभाएको भुमिकाको जिकिर गर्दै उनको नागरिकता किर्ते नभएको ठोकुवा पनि गरेका छन् ।
जनकपुरधाम विमानस्थलबाट सिधै जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका निधि नेपाली कांग्रेसले नियोजित गिरफ्तारीका विरुद्व देश व्यापी आन्दोलन गर्न लागेको बताउदै सडकमा आउन धनुषाका नेता कार्यक्रतालाई अपिल समेत गरेका छन् ।
देशको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र तथा संघीयताको आन्दोलनमा अग्रनी भुमिका निभाएको कान्तिपुर मिडियाले स्वतन्त्र रुपमा समाचार सम्प्रेशन गर्दा आफू लक्षित भएको भन्दै गृहमन्त्री रवि लामिक्षानले नियोजित रुपमा सिरोहियालाई गिरफतार गर्न लगाएको भन्दै देश भरिमै कांग्रेस आन्दोलनमा जाने निर्णय समेत गरिसकेको छ ।
सिरोहिया नेपालका एक बोनाफाइट सिटिजन रहेको उनले जिकिर गरेका छन् । दुईवटा नागरिकता लिएको प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई किन पक्राउ गरिएन ? प्रश्न गर्दै उनले प्रतिसोध साध्न पक्राउ गर्नु दुःखद भएको बताए । सरकार आफै न्यायधिश हुन नसक्ने भन्दै उनले कान्तिपुरले समाचार लेखेकै निहुँमा पक्राउ गर्नु लोकतन्त्र प्रतिको प्रहार भएको दाबी गरे ।
एक फरक प्रसंगमा उनले बजेट ल्याउनका लागि सदन कसरी सुचारु गर्ने भन्ने विषय सरकारको रहेकाले उनैसंग सोध्न आग्रह गरे । उनले अहिले नेपाली कांग्रेस नै मुखर भएर जनता र सहकारी पीडितको कुरा उठाइरहेको भन्दै कांग्रेसलाई सत्तासंग जोडेर मात्र हेर्न नहुने बताए । सरकार अधिनायकवाद, सत्ता र राज्य कब्जाको नितिमा अगाडि बढेको उनको जिकिर थियो ।
प्रतिक्रिया