वीरगन्ज । पर्साको कालिकामाई गाउँपालिका–१ मुडलीमा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना भएको छ । सो केन्द्रको उद्घाटन सम्पन्न भएको छ ।
मुडलीमा रहेको सामुदायिक भवनमा नागरिक आरोग्य सेवा केन्द्र आयुर्बेदिक अस्पतालको गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले उद्घाटन गरे । केन्द्रको उद्घाटन गर्दे अध्यक्ष गुप्ताले भने, ‘योगा गरौ, स्वस्थ रहौ, स्वस्थ रहन आर्युर्बेदिक औषधिको प्रयोग गरौ, आयुर्बेद औषधिको प्रभावले पुराना पीडि १३६ वर्षको आयुसम्म बाच्ने छन् ।’
अलोपेथिकको प्रभावले मान्छेको आयु ६० वर्षको रहेको उनले बताए । त्यसै कारण आफ्नै गाउँ आयुर्बेेदिक औषधि प्रयोग गरि स्वस्थ रहन उनले आग्रह गरे । सोमबारबाट सञ्चालनमा आएको नागरिक आरोग्य सेवा केन्द्रलाई गाउँपालिका र आफ्नो तर्फबाट पूर्ण सहयोग गरिने अध्यक्ष गुप्ताले बताए ।
आउने आर्थिक बर्षमा आयुर्बेदिक सेवा केन्द्र को साथै योग आसन गराउने जग्गा र भवनको ब्यवस्थापन गरिने अध्यक्ष गुप्ताले बताए । प्रदेशिक आयुर्बेदिक तथा बैकल्पिक चिकित्सा बिरगंज पर्साको आयोजना तथा कालिकामाईको सहयोगमा भएको सो सेवा केन्द्रको उद्घाटन कार्यक्रम प्रदेशिक आयुर्बेदिक तथा बैकल्पिक चिकित्सक पर्साका डाक्टर शिवनरायण प्रसाद गुप्ताको अध्यक्षतामा भएको थियो ।
पर्सा
प्रतिक्रिया