यु–१४ अन्तरविद्यालय राष्ट्रिय बास्केटबल जारी

काठमाडौं : इनोभेटिभ र पोखराको मनकामना दोस्रो यु–१४ अन्तरविद्यालय राष्ट्रिय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको प्रतिस्पर्धामा इनोभेटिभले पुष्पसदनलाई ४८–२० ले पराजित गर्‍यो । इनोभेटिभको जितमा अजय कुँवरले १८ अंक योगदान गरे । दिमान पुनको १८ अंक सहयोगमा मनकामनाले टिआइएलाई ५०–३० ले पाखा लगायो । उक्त दुई टिमसँगै विल्सन एकेडेमी र आइडियल मोडेल स्कुल पनि अन्तिम चारमा पुगे । विल्सनले ग्रिनल्यान्डमाथि ३४–३२ को कठिन जित दर्ता गर्‍यो । विल्सनका अमर सिंहले २० अंक जोडे । आइडियलले राराहिलको चुनौती ३९–३० ले समाप्त पार्‍यो । आइडियलका अशिल उवाचले ११ स्कोर गरे ।
रामकुमार बस्नेतको स्मृतिमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको गल्र्समा भ्याली पब्लिक, डयाफेडिल, टिआइए र एन्जल्स हर्टले सेमिफाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिकले रातो बंगलाको यात्रा १७–११ ले पूर्णविराम लगायो । विजेताकी सोनिया लिम्बूले ६ अंक जोडिन् । डयाफोडिलले पेनउडलाई १८–१२ ले निराश पार्‍यो । टिआइएले एभरेस्टलाई १३–७ ले पाखा लगायो । टिआइएको खातामा आकृति गुरुङले सर्वाधिक ११ अंक बटुलिन् । इनोभेटिभविरुद्धको खेलमा एन्जल्स हर्ट १४–११ ले अगाडि रह्यो । एन्जल्स हर्टकी शोभाले ४ अंक जोडिन् । (सौस)

प्रतिक्रिया