सर्लाही । सर्लाहीमा जबरजस्ती विवाह र बालविवाह अन्त्यका लागि अन्तरक्रिया तथा अभिमूखिकरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा जबरजस्ती विवाह र बालविबाह अन्त्यका लागि सञ्चालित (Child Early Forced Marriage ( CEFM) परियोजनाले आज इश्वरपुर र हरिपुरका विभिन्न धर्मका धर्मगुरु, पुरोहित एवम् पास्टर तथा मुड्वी मौलानाको बिचमा अन्तरक्रिया तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका संस्थापक सदस्य एवं उपाध्यक्ष विष्णुप्रसाद चालिसेको अध्यक्षतामा लालबन्दीस्थित होटल युनाइटेडमा सम्पन कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, दुवै नगरपालिकामा रहेका इलाका प्रहरी कार्यालय महिला बालबालिका शाखाका प्रमुख तथा प्रतिनिधि, सेभ द चिल्ड्रेनका लाइन म्यानेजर शान्तिराम भण्डारी, संस्थाका कार्यकारी निर्देशक वरिष्ठ अधिवक्ता डा. कमलबहादुर थिङ, संस्थाका सिचव सूर्यप्रसाद चालिसलगायत ३० जनाभन्दा बढी जिम्मेवार व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा ८ बुँदे संकल्प पत्र जसमा
१. २० वर्षभन्दा कम उमेरका किशोर किशोरीहरुको विवाह गराउन अस्वीकार गर्ने ।
२. नेपालको विधमान संविधान, नियम र कानुनहरुको अक्षरस पालना गर्ने
३. उमेर नपुग्दै टोल छर छिमेकीमा विवाह हुन लागेमा वा गराइन लागेमा रोक्ने प्रयत्न गर्ने छौँ । नरोकिएमा कानुनी कारवाहीका लागि आवश्यक कार्य गर्ने रपहल गर्ने छौँ ।
४. धार्मिक गतिविधिहरुमा बालविवाह विरुद्ध सन्देश प्रवाह गर्ने छौँ ।
५. बालविवाहबाट हुने शारीरिक तथा मानसिक असर र प्रभावको बारेमा जनजन समक्ष सचेतना प्रवाह गर्ने छौँ ।
६. बालविवाह नियन्त्रणको लागि फरक–फरक समुदायका धार्मिक गुरुहरुको समूह बनाएर सचेतना प्रवाह गर्ने छौँ ।
७. विवाहको साइत वा मिति तय गर्न आएका अभिभावकहरुलाई बालविवाह नगराउन अनुरोध गर्ने छौँ ।
८. आपसमा समन्वय गरी बालविवाह अन्त्यका लागि आवश्यक कार्यसम्पादन गर्ने जस्ता बुँदामा सहमति जनाएर हस्ताक्षार गरेका छन् ।
बालविवाह तथा जबरस्ती विवाह रोक्नका निमित्त धार्मिक अगुवा तथा गुरु पास्टर मौलाना एवं मुडविहरुले २० वर्षमुनिका कुनै पनि विवाहमा नजाने, नगराउने र जबरजस्ती हुने कुनै पनि विवाहमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता नजनाउने प्रतिबद्धता जनाएका छन् ।
समन्वयात्मक ढंगले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने क्रममा परियोजनामार्फत गरिएका कार्य र अन्य सम्बन्धित विषयमा परियोजना संयोजक सिर्जना बस्नेत, बालविवाह बिरूद्ध वर्तमान कानुन व्यवस्था र कारबाही सन्दर्भमा कायर्कारी निर्देशक तथा अधिवक्ता डा. कमल बहादुर थिङले सहजीकरण गरेका छन् ।
सभ्य समाजको जटिल चुनौती बनेको बाल तथा जबरजस्ती वा उमेर नपुग्दै हुने गरेको विवाहलाई न्यूनीकरण गर्दै यसको अन्त्यका लागि विभिन्न रचनात्मक गतिविधिको अपरिहार्यता महसुस गरी इश्वरपुर नगरपालिमा हिमालय भट्टराई र हरिपुरमा नगरपालिकामा जटा शंकर राउतको संयोजकत्वमा ७ –७ सदस्यीय बाल तथा जबरजस्ती विवाह न्यूनीकरणका लागि प्रचारप्रसार तथा सचेतना समिति गठन गरिएको परियोजना संयोजक सिर्जना बस्नेतले जानकारी दिइन् ।
इश्वरपुर र हरिपुर नगरपालिकाभित्रका विभन्न समुदायका धर्म गुरुहरूले कुनै पनि धर्मले बालविवाह गर्न प्रेरित नगरेको समेत स्पष्ट पारे । बालविवाह सामाजिक विषय भएकाले यसमा सबैलाई समेटेर सभ्य समाज निर्माणका लागि संस्थाले अथक मेहनत गर्दै परिणाममुखी कार्यक्रमहरु सञ्चालन गर्ने उपाध्यक्ष विष्णुप्रसाद भट्टराईले प्रतिबद्धता समेत व्यक्त गरे ।
सर्लाही
प्रतिक्रिया