रौतहट । शनिबारदेखि जेठ ७ गतेसम्म रौतहटको भारतीय सिमासँग जोडिएको नाका बन्द हुने भएको छ । भारतमा भइरहेको लोकसभाको निर्वाचनअन्तर्गत सितामाढी र पूर्वी चाम्परण जिल्लामा हुने निर्वाचनलाइ लिएर नेपाल–भारत सीमा ७२ घण्टा अगाडि नै बन्द हुने भएको हो ।
सितामाढी जिल्लामा २० मे २०२४ तथा पूर्वी चाम्परण जिल्लामा २५ मे को हुने निर्वाचनको लागि ७२ घण्टा अगावै नेपाल–भारत सिमानाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
नेपाल–भारत सिमा संयुक्त समन्वय समितिको बैठक अनुसार मतदान हुनुभन्दा ७२ अगाडि नै सिमानाका बन्द गर्ने भएको सहमति अनुसार बन्द हुने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ ।
सितामाढी जिल्लामा हुने निर्वाचनको लागि जेठ ५ गते राति १२ बजेदेखि जेष्ठ ७ गते राति १२ बजेसम्म रौतहटको राजदेवी नगरपालिका– ९ ब्रहम्पुरी देखी इशनाथ नगरपालिका– १ बन्जाराहा नाका बन्द रहने छन् ।
मे २५ मा पूर्वी चाम्परण जिल्लामा हुने निर्वाचनको लागि जेठ १० गते राति १२ बजेदेखि १२ गते राति १२ बजेसम्म इशनाथ नगरपालिका– १ देखि बौद्धिमाई नगरपालिका– ७ बंकुलसम्मको सिमानाका शील रहने छन् ।
भारतको निर्वाचनमा कुनै किसिमको अपराधीक गतिविधि नहोस् भन्ने उदेश्यले नेपाल–भारत सिमानाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
रौतहट
प्रतिक्रिया