बर्थिङ सेन्टर बनाउन वडाध्यक्षले दिए जमिन

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–१, मा बर्थिङ सेन्टर निर्माणका लागि वडाध्यक्ष सतेन्द्र रायले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

उनले आफ्नो स्वर्गीय बुबा रामईश्वर राय यादवको नाममा बर्थिङ सेन्टरका लागि १ कठ्ठा १७ धुर जग्गा निःशुल्क दिएका हुन् । चलनचल्तीको मूल्यअनुसार उक्त जग्गाको १० लाख रुपैयाँ बराबरको हो । सो जग्गामा बर्थिङ सेन्टर निर्माणका लागि मधेस प्रदेश सरकारले यो वर्ष २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जग्गादातासमेत रहेका वडाध्यक्ष रायले जानकारी दिए ।

बर्थिङ सेन्टरको बिहीबार गाउँपालिकाका अध्यक्ष धीरेन्द्र राय यादव, उपाध्यक्ष नूतन देवी, वडा अध्यक्षलगायत भएर संयुक्त रूपमा शिलान्यास गरेका छन् । आगामी असार मसान्तभित्रै बर्थिङ सेन्टरको भवन निर्माण गर्ने लक्ष्य रहेको रायले बताए ।

प्रतिक्रिया