सर्लाही । नेकपा एमालेको सर्लाही जिल्ला अध्यक्षमा पुनः राजनारायण साह निर्वाचित भएका छन् । साहले अध्यक्षका अर्का प्रत्यासी गणेश प्रसाईंलाई १२ मतले पछि पारेर अध्यक्षमा निर्वाचित भएका हुन् ।
साथै, अन्य जिल्ला पदाधिकारीमा पनि साह प्यानलकै जित भएको छ । जसमा उपाध्यक्ष विदुरकुमार प्याकुरेल, सचिवमा डिल्लीप्रसाद अधिकारी, उपसचिव खुल्लामा बलराम यस्माली मगर र उपसचिव महिलामा विभा नेपाल विजयी भएका छन् ।
गएको वैशाख ३१ गते मलंगवा नगरपालिकामा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अधिवेशनको उद्घाटन गरेका थिए ।
यसअघि आदिवासी जनजातितर्फ ५ जना र मजदुरतर्फ ३ जना जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भइसकेका छन् । जनजातीतर्फ शंकर राम श्रेष्ठ, चन्द्र बहादुर दोङ, योगेन्द्र चौधरी, निर्मला लामा र लक्ष्मी मंग्राती निर्वाचित भएका हुन् भने मजदुरतर्फ पोट कुमार लुईंटेल, दिलीप कुमार साह र शान्ता देवी राई निर्वाचित भएका हुन् ।
सर्लाही
प्रतिक्रिया