आठबिसकोटमा अटो दुर्घटना हुदाँ १ वर्षिय बालकसहित ७ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोटमा अटो दुर्घटना हुँदा चालक सहित सात जना घाइते भएका छन्र । आज बिहान ९ बजेर ४५ मिनेटमा नगरपालिकाको १० नम्वर वडास्थित काफल चौरबाट राडीबजारतर्फ आउँदै गरेको अटो दुर्घटना भएको हो ।

दुर्घटनामा परी सात जना सामान्य घाइते भएका छन् । रा १ ह ४८०२ नम्वरको अटो गिजा स्थित खहरे पिपलबोट नजिकै अनियन्त्रित भएर दुर्घटना भएको जनाईएको छ । घाइतेको अहिले आठबिसकोट नगर अस्पतालमा उपचार भैरहेको र घाइतेहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेहरुमा अटो चालक आठविसकोट नगरपालिका -१० निवासी अन्दाजी १९ वर्षिय दिपक खत्री, बाँफिकोट गाउँपालिका-७ का अन्दाजी ४९ वर्षिय नन्दराम पुन, ४२ वर्षिय मदन कुसारी, १८ वर्षिया करुणा कुसारी र उनका ११ महिनाको छोरा तेज बिक्रम कुसारी, आठविसकोट नगरपालिका-१२ निवासी १८ वर्षिया कल्पना बिक र उनकी १ वर्षिया छोरी दुर्घटनामा परेर घाईते भएका हुन् ।

आठबिसकोटमा अटो व्यवसायीहरु मनपरी तरीकाले सञ्चालन गर्दै आएका छन् । नगरपालिकाले उचित व्यवस्थापन गर्न नसक्दा मनपरी भाडा असुल्ने देखि क्षमताभन्दा धेरै यात्रु बोक्दै आएका छन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया