लागुऔषध गाँजासहित २ जना पक्राउ

बारा । बाराबाट लागुऔषध गाँजासहित २ जाना पक्राउ परेको छ । निजगढ नगरपालिका– १० स्थित सडकबाट २ सय १६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने ३२ वर्षीय आकाश भन्ने दिपक कोइराला र मकवानपुरको हेटौडा उपमहानगरपालिका बस्ने जीवन घलान रहेका छन् । लागुऔषध गाँजा र ट्रकसहित दुबैजनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा गाँजा फेला परेको थियो ।

प्रहरीले ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनको आयोजना गरेर दुबै जना अभियुक्तलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले बैशाख १८ गतेसम्म १२ सय ८ किलो बरामद गरेको छ, भने गाँजासहित ५८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख महेन्द्र खड्काले बताए ।

हुण्डी कारोबार, गाँजा र चोरी पैठारीको विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध गाँजा, हुण्डी कारोबार र चोरी पैठारीको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक बर्ष २०७८÷०७९ मा २ करोड ४३ लाख ८९ हजार २ सय ६२ हजार बराबरको बिभिन्न समान बरामद गरेर भन्सार कार्यालय बुझाएको छ भने आर्थिक बर्ष २०७९÷०८० मा १२ करोड ६१ लाख २३ हजार ९ सय ८९ र आर्थिक बर्ष २०८०÷०८१ को बैशाख १८ गतेसम्म ४८ करोड ४१ लाख ५४ ह्गजार ८ सय ५७ मूल्य बराबरको समान नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकाले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएका छन् ।

जिल्ला प्रहरी कार्यालयले हुण्डी कारोबारीको विवरण समेत सार्वजनिक गरेको छ । बारा प्रहरीले श्रोत नखुलेको ३८ लाख ९ हजार रकम बरामद गरेको छ भने हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ४ जना माथि मुद्दा दर्ता गरेको र ७ जनालाई पक्राउ गरेको विवरण सार्वजनिक गरेको छ ।

प्रतिक्रिया