दुई बक्सिङ खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं : उच्च रक्तचापबाट पीडित बक्सिङ स्वयंसेवक प्रशिक्षक किशोर थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । मकाउमा बस्ने नेपाली बक्सिङ खेलाडीहरूद्वारा संकलित ५० हजार रुपियाँ नेपाल बक्सिङ संघले थापाकी छोरी आशिकालाई शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गर्‍यो । एसियाली खेलकुदमा समेत सहभागिता जनाइसकेका थापा दक्षिण एसियाली खेलकुदका कांस्य विजेता हुन् ।
सोही अवसरमा नेपाली सेनाका बक्सिङ खेलाडी स्व. सूर्य राना मगरका परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरिएको थियो । मकाउमै बस्ने नेपाली बक्सिङ खेलाडीले संकलन गरेको ५० हजार रुपियाँ स्व. मगरकी धर्मपत्नी सीतालाई हस्तान्तरण गरियो । त्यस्तै, स्व. मगरका परिवारलाई नेपाली सेनाका प्रधानसेनापतिका तर्फबाट थप २५ हजार रुपियाँ आर्थिक सहयोग दिइएको थियो । नवौँ सागका कांस्य विजेता मगरको २०६६ सालमा निधन भएको थियो । (सौस)

प्रतिक्रिया