जनकपुरधाम । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेस प्रदेशमा बढ्दो धार्मिक द्वन्द्व रोक्न प्रहरी अझै संवेदनशील हुन आवश्यक रहेको बताएका छन् । जनकपुरधाममा मधेसी आयोगका अध्यक्ष डा.दत्त र मधेस प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेलबीच भएको भेटघाटमा अध्यक्ष डा.दत्तले मधेस प्रदेशमा विगत केही महिनादेखि धार्मिक सहिष्णुतामा ठेस पु¥याउने कार्यहरू भएको प्रति आयोग गम्भीर भएको बताएका छन् । समग्र प्रदेशको अवस्थाबारे जानकारी लिँदै अध्यक्ष डा.दत्तले सामाजिक सद्भावमा खलल पु¥याउने घटनाप्रति प्रहरी–प्रशासन सचेत र सतर्क नभएसम्म यस्ता घटना बारम्बार दोहोरिनेसमेत बताएका छन् ।
अध्यक्ष डा.दत्तले आयोगमा मधेस प्रदेशबाट कैयौँ घरेलु हिंसा तथा महिला हिंसाका उजुरी आउने गरेको बताउँदै यस्ता घटनामा प्रहरीले तुरुन्त एक्सन लिनुपर्नेसमेत ध्यानाकर्षण गराएका छन् । सीमा–नाकामा हुने लागूपदार्थ ओसारपोसार, मानव तस्करीजस्ता घटनाहरूको रोकथामको लागि आवश्यक रणनीति बनाएर अगाडी बढ्नसमेत अध्यक्ष डा.दत्तले प्रहरीलाई सचेत गराएका छन् ।
सो भेटघाटमा प्रहरी नायब महानिरीक्षक पोखरेलले मधेस प्रदेशको समग्र वस्तुस्थितिबारे अध्यक्ष डा.दत्तलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया