काठमाडौं : लिटिल एन्जल्स (एलए) र डिफेन्डिङ च्याम्पियन पिनाकल दोस्रो वैकुण्ठ स्मृति अन्तर उमावि फुटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
अखिल (क्रान्तिकारी), ललितपुर जिल्ला समितिद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा एलएले महेन्द्र आदर्श विद्यालयलाई ७–० को फराकिलो गोलअन्तर
पराजित गर्यो ।
विजेताका विप्लव शाह, अर्पण बानियाँ तथा प्रवेश जोशीले २–२ गोल गरे । तेन्जिन निमाले १ गोल थपे ।
बुद्धि विकास मण्डलमा भएको दोस्रो सेमिफाइनलमा पिनाकलले पाटन उमाविलाई ४–० गोलले पाखा लगायो । पिनाकलका सम्राट ब्लोन, ललित थापा, किरण मग्राटी तथा आशिष बिसीले गोल गरे ।
फाइनल फागुन १४ गते हुने आयोजकले जनाएको छ । विजेताले ४० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया